रविमाथि सहकारी मुद्दामा कारबाही प्रक्रिया सुरु गरे रास्वपाले सडक आन्दोलन गर्ने
barnanmedia.com · Wed Sep 18 21:56:11 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सडक आन्दोलनका लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। बुधबार सकिएको केन्द्रीय परिषदको प्रथम भेलाको अन्तिम सत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले यस्तो निर्देशन जारी गरेका हुन्।
‘सरकारका गलत निर्णय र क्रियाकलाप तथा ठूला दलले संसदीय बल प्रयोग गरेर गर्न सक्ने प्रहारविरूद्ध एवं जनाधिकारका पक्षमा अब चाहिँ सडकमा उत्रिनुपर्ने हुन सक्छ भन्ने तयारीमा रहने। जनाकर्षणका लागि सडक लक्षित अभियानात्मक कार्यक्रम बढाउने। सडक केन्द्रित गैरराजनीतिक अभियान र मुद्दामा ऐक्यबद्धता जनाउँदै नेताहरूको व्यक्तिगत उपस्थिति र सक्रियता बढाउने,’ रास्वपाले पारित गरेको रविको राजनीतिक दस्तावेजमा उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)