बागमतीका सांसदहरूले संसदीय समितिमा चासाे दिनै छाडे, बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे
barnanmedia.com · Fri Aug 23 21:43:03 UTC 2024

बागमती प्रदेशका सांसदहरूको चासोमा संसदीय समितिका विषय पर्न सकेको छैन । सांसदहरूको चासो कम पर्दा संसदीय समितिको बैठक राख्न संसद सचिवालयलाई हम्मेहम्मे परेको छ ।
समितिका बैठक सञ्चालन हुन नसक्दा प्रदेशसभा बैठक नै प्रभावित भएको छ । समितिले बाँकी विधेयकहरूको छलफल सकेर प्रतिवेदन पेस गरेको खण्डमा संसद बैठक सञ्चालनको बाटो खुल्ने प्रदेश सभा सचिवालयले जनाएको छ । तर, सो विषयलाई सांसदहरूले गम्भीरताका साथ नलिएको सचिवालयको भनाइ छ ।प्रदेश सभा अन्तर्गत प्रदेश मामिला समिति, विशेषाधिकार समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति, उद्योग, पर्यटन तथा वातावरण समितिमा गत असारमा सभापतिहरूको निर्वाचन भएको थियो । यद्यपि ती समितिको सक्रियता नदेखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)