माछापुच्छ्रे आधार शिविरमा प्राथमिक उपचार केन्द्र
ratopati.com · Thu Oct 01 19:11:51 GMT 2026

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र अन्नपूर्ण आधार शिविर (एबिसी) मा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त केन्द्र स्थापना गरेको हो । गाउँपालिकाको वडा नं ११ मा पर्ने सो स्थानमा नेपाल अन्नपूर्ण रेस्क्यु सेन्टरसँगै प्राथमिक उपचार केन्द्र स्थापना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)