मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

११ दिनमा सकिएला साढे ८१ प्रतिशत काम ?

ekantipur.com · Thu Jul 28 00:57:21 GMT 2022

काठमाडौँ — नारायणगढ–बुटवल सडकको स्तरोन्नति थालेको करिब ४ वर्ष हुन लाग्यो । तर भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । निर्माणको समयावधि ११ दिन बाँकी छ । अर्थात् सम्झौताअनुसार २०७९ साउन २२ भित्र ८१.५६ प्रतिशत काम सकिसक्नुपर्नेछ । अब यो समयभित्र आयोजना पूरा हुन सम्भव छैन ।

दुई खण्डमा विभाजन गरेर यसको ठेक्का दिइएको थियो । निर्माण व्यवसायीको ढिलाइले गर्दा तोकिएकै समयमा काम नसकिएको हो । उक्त सडकबारे जनगुनासो बढेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यसबारे बुधबार छलफल गरेको छ । समिति सदस्यहरूले निर्माणमा ढिलाइ गरेर सर्वसाधारणलाई सास्ती दिने काम भएको आरोप लगाए । समिति सदस्य पद्मा अर्यालले निर्माणमा एकदमै ढिलाइ भएको बताइन् । ‘जुन रफ्तारमा काम अघि बढ्नुपर्ने हो, त्यसरी अघि बढेको छैन,’ उनले भनिन्, ‘जुन समस्या थिए, ती समाधान भइसकेपछि पनि काम भएको छैन, यो सडक भएर यात्रा गर्दा घण्टौं समय लाग्ने भएकाले जाँदाजाँदै एकातिर झरेर बसौं जस्तो लाग्छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)