अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण
barnanmedia.com · Thu Oct 01 19:15:00 GMT 2026

अफगानिस्तानका दुई प्रान्तमा पाकिस्तानले रातभर गरेको हवाई आक्रमणमा नौ महिला तथा बालबालिकाको मृत्यु र ११ जना सर्वसाधारण घाइते भएको अफगानिस्तानको तालिबान सरकारले जनाएको छ । पाकिस्तानले भने कारबाही आतङ्कवादी लुकेका स्थान र शिविरलाई लक्षित रहेको तथा प्रारम्भिक विवरणअनुसार २२ जना आतङ्कवादी मारिएको दाबी गरेको छ ।
दुवै पक्षका हताहतसम्बन्धी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । दुई देशबीच सीमापार झडप र उग्रवादी गतिविधिलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । यस वर्षको सुरुदेखि तनाव बढेपछि पाकिस्तानले अफगानिस्तानभित्र पटकपटक हवाई कारबाही गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)