चर्को आलोचना र दबाबपछि फिफाले विश्वकपमा निजी लगानी भित्र्याउने योजना फिर्ता लियो
shilapatra.com · Sat Aug 01 00:58:00 GMT 2026
फिफाले विश्वकपसहित आफ्ना प्रमुख प्रतियोगितामा निजी लगानी भित्र्याउने विवादास्पद योजना फिर्ता लिएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उक्त प्रस्तावले सदस्य राष्ट्रहरूबीच विभाजन सिर्जना गरेको भन्दै अब यसलाई अघि नबढाइने घोषणा गरेका हुन् ।
इन्फान्टिनोले सदस्य राष्ट्रहरूलाई योजना समर्थन गरेमा ४ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेका थिए । तर, युरोपेली फुटबल महासंघ (यूईएफए), कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) लगायतका प्रमुख क्षेत्रीय महासंघहरूले यसको विरोध जनाएपछि योजना पारित हुने सम्भावना कमजोर बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)