रसियाको माउन्ट एल्ब्रुसमा आरोही सेर्माले फहराए नेपाली झन्डा
ekantipur.com · Thu Aug 17 16:52:58 GMT 2023
पाँचथर — नेपाली आरोही सुशील सेर्माले रसियाको माउन्ट एल्ब्रुस हिमालमा नेपालको झन्डा फहराएका छन् । ५ हजार ८ सय ९५ मिटर उचाइको उक्त चुचुरोमा सेर्माले बिहीबार बिहान ५: १५ बजे नेपाली झन्डा फहराएका हुन् ।
सेर्मा उक्त हिमाल आरोहणका लागि नेपालबाट गत साउन २६ मा रसिया गएका थिए । काठमाडौंदेखि मस्को हुँदै मिनिटल्नी बोधे भन्ने ठाउँसम्म हवाई मार्गबाट गएका सेर्मा ६ घण्टा पैदल यात्रापछि आजाउ पुगेका थिए । त्यहाँ उनले तेसकोल हुँदै छिकेद पिकसम्म आरोहण अभ्यास गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)