मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

ratopati.com · Thu Oct 01 19:45:00 GMT 2026

म्याग्दी । बाढी पहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन मर्मत सुरु गरिएको छ ।

यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलेको थियो । टावर ढल्दा लाइन चुडाएकाले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत् आपूर्ति बन्द भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)