प्रकाश स्मृति ब्याडमिन्टन सुरु
nayapatrikadaily.com · Thu Jan 11 00:26:00 GMT 2024
पहिलो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु भएको छ । स्पोर्टस् हब नेपाल प्रालिको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन नेपाल एपिएफका प्रिन्स दाहाल र सुजन थापा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले जोहेर उद्दिनलाई २–० को सोझो सेटमा हराए ।
सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २–० को सेटमा निराश पारे । प्रतियोगितामा नेपाल पुलिसका सुनील जोशीले एपिएफका अमन महर्जनलाई २–० ले पाखा लगाए । आर्मी क्लबका डेभिड थापामगरले स्पोर्टस् हबका विशाल तामाङमाथि २–१ को सेटमा हराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)