यु–१९ विश्वकप र एनपिएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र
ratopati.com · Thu Oct 01 20:30:00 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठुला प्रतियोगिता आइसिसी यु–१९ महिला विश्वकप र तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारीमा जुटेको छ । आगामी पुसमा आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकप नेपालले पहिलोपटक आयोजना गर्दै छ ।
एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि सुरु हुने तालिका छ । यी दुवै प्रतियोगितालाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानको स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम तीव्र पारिएको क्यानका उपाध्यक्ष रोशनबहादुर सिंहले राससलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)