धनुषा र सिरहामा खुकुलो बनाइयो कर्फ्यु, बिहान बजार खुला
nepalviews.com · Sat Aug 01 02:16:27 GMT 2026

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न भागमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ ।
कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचारु रहने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)