इयू–चीन व्यापार तनाव घटाउन ब्रसेल्समा उच्चस्तरीय वार्ता सुरु
aarthiknews.com

ब्रसेल्स । युरोपेली सङ्घ (इयू) र चीनबीच बढ्दो व्यापारिक तनाव कम गर्ने प्रयासस्वरूप चिनियाँ वाणिज्यमन्त्री वाङ वेनताओ र इयूका व्यापार तथा आर्थिक सुरक्षा आयुक्त मारोस शेफ्चोभिचबीच सोमबार ब्रसेल्समा उच्चस्तरीय वार्ता हुँदैछ।
इयूले चीनबाट हुने आयात तीव्र रूपमा बढ्दा आफ्ना उद्योग र उत्पादन क्षेत्रमा दबाब परेको भन्दै व्यापार असन्तुलनप्रति चासो व्यक्त गर्दै आएको छ। दुई पक्षबीच दिनभर हुने वार्तामा व्यापारिक असन्तुलन, सरकारी अनुदान, भन्सार तथा बजार पहुँचलगायतका विषयमा छलफल हुने जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)