खेलाडी र खेल संघलाई वर्गीकरण गरेर सेवा सुविधा दिने सरकारको तयारी
lokaantar.com · Wed Dec 27 00:16:32 GMT 2023
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र खेल सङ्घको वर्गीकरणको तयारी गरिरहेको बताएका छन् । पोखरा रङ्शालामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लिम्बूले सरकारले खेलाडी र खेल सङ्घको वर्गीकरण गरेर सेवा सुविधा दिने बताए ।
'अन्तर्राष्ट्रियस्तरमा खेल्ने खेलाडीको वर्गीकरण गरेर तलब भत्ताको सुविधा दिने गरी काम भइरहेको छ,' उनले भने, 'यसैगरी खेल सङ्घको पनि वर्गीकरण गरेर सङ्घको प्रवर्द्धनका लागि सहयोग गर्नुपर्छ भन्ने मेरो धारणा छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)