मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कृषकलाई आधुनिक प्रविधिका यन्त्र वितरण

ratopati.com

कृषि विकास कार्यालय जुम्लाले कृषकलाई आधुनिक प्रविधिका कृषि यान्त्रिकरण वितरण गरेको छ। खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै राष्ट्रिय समृद्धि हाँसिलका लागि उत्पादनमा बृद्धि गर्न वितरण गरेको हो।

कार्यालयले चालु आर्थिक वर्षको व्यवसायीक कृषकका लागि कृषि यान्त्रिकरण प्रवर्द्धन कार्यक्रम अन्तर्गत ८ वटै स्थानीय तहका कृषकलाई जोत्ने देखि तेल पेल्ने, घट्ट पिस्ने र जौ ,गहुँ र धान चुट्ने सम्मका उपकरण उपलब्ध गराएको हो। १८ वटा जौ ,गहुँ र धान चुट्ने,२ वटा तेल पेल्ने,३ वटा कुटानी पिसानी र १६ वटा खेत जोत्ने हाते ट्याक्टर वितरण गरिएको कृषि विकास कार्यालय प्रमुख गणेश अधिकारीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)