मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेसद्वारा मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त

barnanmedia.com · Fri Aug 23 23:35:34 UTC 2024

काठमाडौँ, ८ भदौः नेपाली कांग्रेसले पोखराबाट काठमाडौँतर्फ आइरहेको यूपी ५३ एफटी ७६२३ भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा आज दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

बस मर्स्याङ्दी नदीमा खस्दा ४३ जना यात्रुमध्ये २७ जनाको मृत्यु र १६ जना गम्भीर घाइते भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले उक्त घटनाले सबैलाई स्तब्ध बनाएको उल्लेख गर्दै दुःख व्यक्त गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)