मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

barnanmedia.com · Fri Aug 23 23:30:36 UTC 2024

काठमाडौँ, ८ भदौः यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)