बतासले पठाएको ८ बूँदे ‘नोट’ सारेर ‘कोषका अनुसार’ लेख्दै बाइलाइन समाचार
mysansar.com · Mon Feb 07 16:59:24 GMT 2022
हाम्रा पत्रकारहरुले बाइलाइन समाचार लेख्दा पनि कस्तोसम्म गर्छन् भन्ने एउटा उदाहरण फेला परेको छ।
कुरा बतास समूहको हो। सुरुमा मिडियाले एकोहोरो खेदेका थिए बतासलाई। त्यसपछि लो प्रोफाइलमा बस्ने बतास आफै मिडिया-मिडिया धाएर अन्तर्वार्ता दिएर माहौल आफ्नो पक्षमा ल्याए। हाम्रो मिडिया उही हो फेरि, बोल्न खप्पिस बतासलाई मिडियाले राम्रोसँग प्रश्न सोध्न पनि सकेन। बतास त व्यापारी हो, उसले त नाफा हेरी हाल्छ नि, दिने पो दोषी भन्ने धारणा बनाउन उनी सफल भए। तर उनको पनि कमजोरी के-केमा रह्यो, त्यो बारे अलग्गै ब्लगमा लेखौँला। यहाँ भने पत्रकारकै कुरा गरौँ।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)