स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
barnanmedia.com · Thu Oct 01 21:15:00 GMT 2026

स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका कारण बरफ पग्लने क्रम तीव्र बनेपछि यो क्षति अभिलेखमा दोस्रो ठूलो वार्षिक गिरावट भएको विज्ञहरूले बताएका छन् ।
ग्लामोस स्विस हिमनदी अनुगमन सेवा र स्विस एकेडेमी अफ साइन्सेजले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला पाँच वर्षमा मात्रै स्विट्जरल्यान्डका हिमनदीमा रहेको बरफको मात्रा करिब पाँचौँ भागले घटेको छ । ग्लामोसका प्रमुख तथा हिमविज्ञानका प्राध्यापक म्याथियास हसले अल्पाइन हिमनदीहरू अहिलेको अवस्थामा लामो समयसम्म टिक्न नसक्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)