अनुगमनको नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन अध्यक्ष ढकालको आग्रह
baahrakhari.com · Tue Apr 02 17:48:49 UTC 2024

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व कम उठेपछि सरकारी निकायले व्यवसायीलाई अनावश्यक दुःख दिएको बताएका छन् । उनले मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सदस्यहरूले अनावश्यक अनुगमन बढेको जानकारी दिएको बताएका हुन् ।
पछिल्ला दिनमा अनावश्यक अनुगमन बढेको सदस्यहरूबाट गुनासो महासंघमा परेको ढकालले मन्त्री पुनलाई बताए । सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)