मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्ततः डोबाटेलाई बनाइयो मन्त्री

ekantipur.com · Tue Oct 12 01:24:17 GMT 2021

कास्की — कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई बिनाविभागीय मन्त्री बनाइएसँगै गण्डकी प्रदेश सरकारमा मन्त्रीको संख्या १२ पुगेको छ । विश्वकर्माले सोमबार प्रदेशप्रमुख पृथ्वीमान गुरुङसँग पद तथा गोपनीयताको शपथ लिए । विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबारै मन्त्री नियुक्त गरेका थिए । विश्वकर्मा तनहुँबाट प्रदेशसभामा समानुपातिक सांसद हुन् ।

एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ मा मुख्मन्त्री बनेका थिए । पोखरेलले साउन ८ मा मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा डोबाटे पनि मन्त्रीको सूचीमा थिए । विश्वकर्मा शपथ लिनका लागि गृहजिल्ला तनहुँबाट पोखरा आउने क्रममा मन्त्रीको सूचीबाट नाम काटिएपछि उनी सोझै मुख्यमन्त्रीको कार्यकक्षमा पुगे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)