माओवादीको विशेष महाधिवेशन : दाहाल संयोजक हुने प्रस्तावमा श्रेष्ठ र शर्माको फरक मत
ekantipur.com · Thu Sep 25 17:23:05 GMT 2025

काठमाडौँ — विशेष महाधिवेशनका लागि केन्द्रीय समिति भंग गरी आफूलाई संयोजक तोक्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा अरू नेताले फरक मत राखेका छन् । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक मत राख्दै दाहालले पद छाड्नुपर्ने माग गरेका हुन् ।
जेन–जी आन्दोलनपछि युवामा नेतृत्व हस्तान्तरण गर्ने भन्दै माओवादीले मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय समितिले महाधिवेशनको मिति तोक्नेछ । ‘वर्तमान केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, आयोजक समितिमा वर्तमान केन्द्रीय समिति, प्रदेश पदाधिकारी तथा केन्द्रीय प्रतिनिधिहरू रहनेछन्,’ दाहालले पेस गरेको राजनीतिक र सांगठनिक प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष आयोजक समितिको संयोजकको भूमिकामा र पदाधिकारी आयोजक समितिको सचिवालयको भूमिकामा रहनेछन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)