सुनसरीका १० स्थानीय तहबाट कर्फ्यु हटाउँदै निषेधाज्ञा जारी
kendrabindu.com · Sat Aug 01 03:28:08 GMT 2026

सुनसरी । सुनसरी प्रशासनले जिल्लाका १० स्थानीय तहमा जारी गरिएको कर्फ्यु आदेश हटाउँदै निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले शनिबार जारी गरेको आदेशअनुसार शनिबार बिहान ८:३० बजेदेखि कर्फ्यु हटाएर साँझ ५ बजेसम्म निषेधाज्ञा लागू गरिएको हो।
देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गत साउन १२ गते राति ९ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको थियो। सुरक्षा अवस्थाको समीक्षा गरेपछि प्रशासनले कर्फ्यु हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)