मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चीनले २०२७ मा ताइवानमा हमला नगर्ने अमेरिकी अधिकारीहरूको निष्कर्ष

barnanmedia.com · Thu Oct 01 21:35:00 GMT 2026

अमेरिकी गुप्तचर निकाय र रक्षा मन्त्रालयका अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई सन् २०२७ सम्ममा ताइवान कब्जाका तयार हुन निर्देशन दिएको दाबी गर्दै आएका थिए। तर, अर्को वर्षसम्म चीनले ताइवानमा हमला गर्ने सम्भावना नरहेको निष्कर्ष अहिले अमेरिकी अधिकारीहरूले निकालेका छन्।

रोयटर्सले बहालवाला र पूर्वअधिकारीहरूलाई उधृत गर्दै जनाएअनुसार मूलतः दुई कारणले चिनियाँ सेनाले तत्काल आक्रमण नगर्ने अमेरिकी आकलन छ। पहिलो, चिनियाँ कम्युनिस्ट पार्टीमा चलिरहेको भ्रष्टाचार विरोधी अभियान। र, दोस्रो २०२८ को ताइवानी निर्वाचनको नतिजा कुर्ने बेइजिङको इच्छा। चुनावबाट आफू अनुकूल सरकार बन्न सक्ने अपेक्षामा बेइजिङ रहेको उनीहरूको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)