सडकले फेरिएको उच्च पहाडको दैनिकी
ekantipur.com · Fri Oct 28 16:31:22 GMT 2022
चौकी, तेह्रथुम — हालैको एक बिहान चौकी बजार प्रवेशद्वारको पहिलो घरमा भेटिए, ५७ वर्षीय लाक्पा छिरिङ शेर्पा । ४० वर्षअघि बिहे गरेर ताप्लेजुङको लेलेपबाट व्यापार गर्न यहाँ आएका उनी यतिबेला निकै निराश छन् । पहिला जस्तो व्यापार चल्दैन । ‘पानी मागीखाने मान्छेसमेत आउँदैनन्,’ आँगनमा लेकाली निगालोको चोया काट्दै गरेका शेर्पाले भने ।
शेर्पाको अहिले आठ जनाको परिवार छ । त्यस बेला धरानबाट तेह्रथुमको वसन्तपुरसम्म भर्खर मोटर बाटो खुल्दै थियो । ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको लेकाली एवं हिमाली क्षेत्रका गाउँबस्तीका मान्छे यही चौकीको पदमार्ग भएर धरान–धनकुटा ओहोरदोहोर गरिरहन्थे । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढाकरमा बोकेर आउजाउ गर्नेको लस्करै हुन्थ्यो । यिनै बटुवा र ढाक्रेलाई खाजापानीसहित खाना खुवाउने र सुताउने सेवामूलक व्यवसाय गर्दा उनले जीवन निर्बाह मज्जाले गरेका थिए । त्यसताका उनको घरभरि भरिया, ढाक्रे र बटुवाले भरिएको हुन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)