आत्मघाती गोल निर्णायक बन्दा फ्रान्स अन्तिम–८ मा, बेल्जियम बाहिरियो
baahrakhari.com · Mon Jul 01 18:08:36 UTC 2024
काठमाडौं । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा भएको आत्मघाती गोल निर्णायक बनेपछि फ्रान्सले बेल्जियमविरुद्ध १–० को जित निकाल्दै युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार जर्मनीको मेर्कुर स्पाइल एरिनामा सम्पन्न खेलको ४औँ मिनेटसम्म दुवै टिम गोलरहित बराबरीमा थिए । तर, ८५औँ मिनेटमा बेल्जियमका यन भेर्टोनहेनबाट भएको आत्मघाती गोल फ्रान्सको जितमा निर्णायक बन्यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका कोलो मुआनीले १ यार्ड बक्सभित्रबाट गरेको प्रहार भेर्टोनहेनबाट ‘डिफ्लेक्ट’ हुँदै जाली चुमेको हो । मुआनीलाई एन्गोलो कान्टेले असिस्ट गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)