पूर्वी नेपालको अशान्तिप्रति क्यान महासंघको चिन्ता, शान्ति र सहज व्यावसायिक वातावरण कायम गर्न अपिल
ajakoartha.com · Sat Aug 01 03:39:00 GMT 2026

काठमाडौं- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले पूर्वी नेपाल तथा तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय देखिएको अशान्तिपूर्ण अवस्था, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सर्वसाधारण र उद्योगी–व्यवसायीले भोग्नुपरेको असहज परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शनिबार जारी प्रेस विज्ञप्तिमार्फत महासंघले विविधताभित्रको एकता, जातीय तथा धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारालाई नेपाली समाजको मौलिक पहिचान तथा राष्ट्रिय शक्तिका रूपमा उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग र असहमति शान्तिपूर्ण रूपमा व्यक्त गर्न पाउने संवैधानिक अधिकार भए पनि हिंसा, तोडफोड, आगजनी तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)