कम मूल्यमै टिकट उपलब्ध छ: वायुसेवा सञ्चालक सङ्घ
ratopati.com · Thu Sep 25 17:58:00 GMT 2025

काठमाडौँ। नजिकिएको दसैँमा हवाई यात्रुलाई महँगो भाडा लिएको भन्ने गुनासो आइरहेका बेला हवाई सेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक सङ्घले कम मूल्यमै हवाई टिकट उपलब्ध गराइएको दाबी गरेको छ । सङ्घका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडदारभन्दा कम मूल्यमानै टिकट उपलब्ध गराई रहेको स्पष्ट पारिएको छ ।
बडादसैँ, तिहार, तथा छठ पर्वको अवसर पारेर यात्रुसँग बढी हवाई भाडा दर लिएको भन्नेतर्फ सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अहिले कम मूल्यमै टिकट उपलब्ध गराइएको र अब जारी गर्ने टिकट पनि कम मूल्यमा नै उपलब्ध गराउने निर्णय भएको उल्लेख गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)