मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सर्वियामाथि जर्मनीको २-० गोलको जित

ratopati.com · Thu Oct 01 22:19:15 GMT 2026

काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा जर्मनीले सर्वियामाथि २–० गोल अन्तरको सहज जित हात पारेको छ । समूह ‘बी’ अन्तर्गत भएको खेलमा जर्मनीलाई जित दिलाउन टोम बिसअफ र फ्लोरियन विर्ट्जले एक–एक गोल गरे ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३९औँ मिनेटमा टोम बिसअफले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अगाडि रहेको जर्मनीका लागि खेलको ६१औँ मिनेटमा फ्लोरियन विर्ट्जले दोस्रो गोल थपे । त्यसपछि सर्विया खेलमा फर्कन नसक्दा जर्मनीले २–० को स्पष्ट जित दर्ता गर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)