डेनमार्कमाथि पोर्चुगलको ४–२ गोलको रोमाञ्चक जित
ratopati.com · Thu Oct 01 22:15:34 GMT 2026
काठमाडौँ । युइएफए नेसन्स लिगअन्तर्गत समूह चरणको खेलमा पोर्चुगलले डेनमार्कमाथि ४–२ गोल अन्तरको रोमाञ्चक जित हात पारेको छ । समूह ‘डी’ को तेस्रो खेलमा शुक्रबार बिहान पोर्चुगललाई जित दिलाउन चार फरक खेलाडीले गोल गरे ।
खेलको १३औँ मिनेटमै जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, २३औँ मिनेटमा मिकेल डाम्सगार्डले गोल फर्काउँदै डेनमार्कलाई १–१ को बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि अर्थात् २५औँ मिनेटमा गोन्सालो रामोसले गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–१ ले अगाडि रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)