मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विशेष अदालत गन्हाएको अहिले होइन, यसलाई दुर्गन्धित बनाउने सर्वोच्चमै छन्, सक्छौ भने छानबिन गर

barnanmedia.com · Thu Oct 01 22:11:25 GMT 2026

विशेष अदालतका न्यायाधीशहरुको हालको टिममाथि गम्भीर आरोप लगाएर अहिले सर्वोच्च अदालतको फुलकोर्टमा चर्चा भएको समाचार विभिन्न माध्यममा आएका छन् । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र चोलेन्द्रशमशेर राणाको गठजोडले बजार तातेका बेला कतिपयले आज अन्यत्रै ध्यान मोड्न मातहत अदालतका न्यायाधीशको नाम तोकेर अन्धाधुन्ध टिप्पणी गर्न थालेको पाइएको छ ।

सर्वोच्च अदालतको फुलकोर्टमा कुरा उठेको भन्दै मातहतका अदालतमा काम गरिरहेका न्यायाधीशहरुको नुर गिराउने र विवादमा ल्याउने काम अहिले भइरहेको छ । कसैलाई विशेष अदालतमा आउन मन लागेको भए तिनले प्रधानन्यायाधीशकहाँ गएर इच्छा प्रकट गरे भइहाल्थ्यो । तर आफ्नो व्यावसायिक काममा खटिरहेको न्यायिक जनशक्तिउपर विभिन्न लाञ्छना र आशंकाहरु थोपरेर प्रकारान्तरले भ्रष्टाचारीकै मनोबल बढाउने काम भइरहेको छ । यो कताबाट कसको इशारामा भइरहेको हो भन्ने खोजीको विषय छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)