मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुवाँथाई खेलाडी गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाँदै

baahrakhari.com · Mon Jul 01 18:41:36 UTC 2024

काठमाडौं । मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् । एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्नेछन् । उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्ने छन् ।

प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२औँ पटक हो । २०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा सात स्वर्ण र दुई कांस्य पदक जितेका छन् । त्यसमा मुख्य उपलब्धि भनेको गत फागुनमा बैंककमै भएको १९औँ विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनै पनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)