मन्त्रालय भागबन्डामा अड्कियो कर्णाली सरकार
kendrabindu.com · Sat Aug 01 04:12:42 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेको तीन दिन भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।
सत्ता साझेदार दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा नयाँ सरकार विस्तार अन्योलमा परेको छ । साउन १३ गते बुधबार मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथ लिएका थिए । सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट टुंगिन नसकेपछि अन्य मन्त्रीको नियुक्ति रोकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)