तटबन्धले जोगायो गैँडाकोटको बस्ती
ratopati.com · Thu Oct 01 22:45:00 GMT 2026

नवलपरासी । यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै ठुलो बाढी आयो । विगतका वर्षमा अहिलेको भन्दा सानो बाढी आउँदा पनि गैँडाकोटका धेरै बस्ती डुबान र कटानको समस्यामा पर्ने गरेका थिए । यद्यपि यस पटक इतिहासमै ठुलो बाढी आउँदा पनि धेरै बस्ती जोगियो ।
इतिहासकै ठुलो बाढी आउँदा पनि यस पटक गैँडाकोटको वडा नं २ को एउटा बस्तीबाहेक अन्य वडामा बाढीले कुनै क्षति पुर्याउन नसकेको स्थानीय बताउँछन् । नारायणी पुलभन्दा उत्तरतर्फ नदी किनारमा तटबन्ध नहुँदा एउटा बस्ती डुबानमा परेको थियो । पुलबाट दक्षिणतर्फ निर्माण गरिएको करिब पाँच किलोमिटर लामो तटबन्धले अन्य बस्ती जोगाउन सफल भएको स्थानीयको बुझाइ छ । गैँडाकोटका मनोज परियारले नदी किनारमा ठुला ठुला ढुङ्गा राखेर गरिएको तटबन्धबाट नदी किनारको बस्ती जोगिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)