इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा, कोको छन् टिममा?
pahilopost.com · Fri Jul 07 16:42:10 GMT 2023
काठमाडौँ: इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ। १३ जुलाईबाट श्रीलंकामा हुने सुरु हुने प्रतियोगिताका लागि १६ सदस्यीय नेपाली टोली घोषणा गरिएको हो।
आईसीसी विश्वकप छनोट खेलेर शुक्रवारमात्र नेपाली टोली नेपाल फर्किएको छ। विश्वकप छनोट खेलेका दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने क्यानडा फ्रेन्चाइज लिग खेल्न जाने हुँदा इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने छैनन्। त्यस्तै देव खनाल, सूर्य तामाङ तथा सुन्दीप जोराले पुनरागमन गरेका छन्। त्यस्तै श्याम ढकालले टिममा स्थान बनाउँदा विश्वकप छनोट खेलेका ज्ञानेन्द्र मल्ल र करण केसी टोलीमा हुने छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)