चपली हाइटमा गरे ओली र देउवाले आलोपालो प्रधानमन्त्रीको सहमति
shilapatra.com · Mon Jul 01 19:19:00 UTC 2024

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि मिलेर सरकार बनाउने सहमति गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा हस्ताक्षर भएको हो । उनीहरु संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार, प्रतिनिधिसभा तथा प्रदेशसभा संख्या घटाउने, स्थानीय तहको संख्या घटाउने विषयमा पनि सहमत भएका छन् । त्यसका लागि पूर्वप्रधान न्यायाधीशको नेतृत्वमा संविधान संशोन सुझाव समिति गठन गर्ने पनि समझदारी बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)