छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
lokaantar.com · Tue Jan 24 00:50:54 GMT 2023
छुट्टाछुट्टै दुर्घटनामा सोमबार तीन जनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलस्थित सडकमा बा.२ ख ६००६ नम्बरको बसको ठक्करबाट बुढानीलकण्ठ नगरपालिका–१३ स्थायी बासिन्दा सपना श्रेष्ठकी छोरी ४ वर्षीया आयुकी श्रेष्ठको सोमबार मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जननाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)