पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताबाटै आचरणको धज्जी
rajdhanidaily.com · Thu Jan 01 23:14:02 GMT 2026

काठमाडौं । पूर्वन्यायाधीशसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले नै प्रचलित कानुन र कानुन व्यवसायीको आचारसंहिताविपरीत पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त गरेको पाइएको छ । मन्त्री सिन्हाले वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मालाई नेपाल बार काउन्सिलले जारी गरेको कानुन व्यवसायीको पेसागत आचरणसम्बन्धी नियमावली, २०७९ विपरीत नियुक्त गरेको देखिएको छ ।
नियमावलीको नियम ६ मा कुनै मुद्दामा एक पक्षको कानुन व्यवसायी नियुक्त भएपछि सो मुद्दाका अर्को पक्षलाई राय, सल्लाह दिन वा अर्को पक्षको प्रतिनिधित्व गर्नु हु ँदैन भन्ने उल्लेख छ । त्यसैगरी, नियम ९ मा एकै मुद्दामा पक्ष वा विपक्ष दुवैका तर्फबाट मस्यौदा गर्न वा बहसमा प्रतिनिधित्व गर्न हुँदैन भन्ने उल्लेख छ । नियमावलीको नियम ७ ‘ब’मा ‘कुनै कारणबाट पक्षको स्वार्थ बाझिने अवस्था देखिएमा सो कुराको जानकारी पक्षलाई गराउनुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)