शान्ति समाजले सुरु गर्यो सद्भाव एकता अभियान
ratopati.com · Sat Aug 01 05:22:31 GMT 2026

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले सद्भाव एकता अभियान सुरु गरेको छ । सो अभियानको पहिलो चरणमा समाजले विभिन्न जिल्लामा एकता र्याली आयोजनाको क्रम सुरु गरेको हो ।
‘हाम्रो जीवनधारा अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र भाइचारा, तोड्न होइन जोडनका लागि योगदान गरौँ, संवाद, सहमति, सहकार्यको मार्ग अवलम्बन गरौँ” भन्ने आह्वानसहित शान्ति समाज सुर्खेत शाखाको आयोजनामा शनिबार बिहान वीरेन्द्रनगरमा एकता र्याली सम्पन्न भएको छ । कार्यक्रममा शान्ति समाजका महासचिव प्रकाश शाही लगायत सामाजिक अगुवाहरूले मन्तव्य व्यक्त गरेका थिए ।