मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दुई दर्जन कलाकारलाई समेटेर गीत ल्याए निर्मलले

rajdhanidaily.com · Mon Jan 22 23:46:14 GMT 2024

काठमाडौं । एउटै गीतको भिडियोमा दुई दर्जन भन्दा बढी अभिनेता अभिनेत्रीलाई समेट्नु आफैंमा सहज छैन । तर विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मल राज पौडेलले यो असहजलाई सहज गरेर देखाएका छन् । उनले आफ्नो लेखन तथा स्वरमा नृत्यप्रधान गीत ‘छम्म नाचौँ, छप्प नाचौँ…’को भिडियो यतिबेला दर्शकमाझ ल्याएका छन् ।

सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच यो गीतको भिडियोलाई सार्वजनिक गरेका छन् । समारोहमा यो गीतमा अभिनय गरेका सबै कलाकारले एकसाथ ताली बजाउँदै गीत सार्वजनिक गरेका हुन् । यो गीतमा मोहित मुनालको संगीत रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)