मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गौतम बुद्ध विमानस्थलमा विदेशी वायुसेवाको चासो

ekantipur.com · Sun Jun 11 00:50:51 GMT 2023

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतसँग छोटो हवाई दूरी पाउने विषय अन्योलमै रहे पनि विभिन्न विदेशी वायुसेवा कम्पनीले उडान सञ्चालनका लागि चासो देखाएका छन् । म्यान्मार, कम्बोडिया, थाइल्यान्ड र चीनका हवाई कम्पनीले उडानका विषयमा छलफल थालेका हुन् ।

विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार कुनै कम्पनीले ट्राभल/टुर्सजस्ता व्यावसायिक संस्था त कुनैले दूतावासमार्फत उडान सञ्चालनका लागि सोधखोज र चासो देखाइरहेका छन् । ‘केही कम्पनीसँग हामी संवादमै छौं,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)