ब्रोड पिकमा हिमपहिरो : चार पर्वतारोहीको शव फेला, निर्मलसहित ६ जना अझै बेपत्ता
kendrabindu.com · Sat Aug 01 06:25:38 GMT 2026
काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालको हिमपहिरोमा परी बेपत्ता भएका १० पर्वतारोहीको खोजीका क्रममा उद्धार टोलीले चारजनाको शव फेला पारेको छ। तीमध्ये तीन जनाको शव शुक्रबार बाहिर निकालिएको अधिकारीले जनाएका छन्।
खराब मौसमका कारण हेलिकोप्टरमार्फत खोजी तथा उद्धार कार्य प्रभावित भएको छ। गिलगिट–बाल्टिस्तान क्षेत्रीय सरकारले फेला परेका तीन शव नेपाली पर्वतारोही पूर्णबहादुर गुरुङ, ओमानी पर्वतारोही नथिरा अहमद र अमेरिकी पर्वतारोही म्यालोरी गेइसको भएको पुष्टि गरेको छ। शवहरू अस्पताल पठाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)