मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

न्युकासलसँग आर्सनलको अपराजित यात्रा समाप्त

ekantipur.com · Sun Nov 05 00:55:15 GMT 2023

लन्डन — एन्थोनी गोर्डनले दोस्रो हाफमा गरेको विवादास्पद गोलको मदतले न्युकासल युनाइटेडले शनिबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई १–० ले हराएको छ । यसँगै लिगमा आर्सनलको अपराजित यात्रा समाप्त भएको छ । सेन्ट जेम्स पार्कमा भएको खेलमा गोर्डनले ६४ औं मिनेटमा गोल गरे ।

‘भार’ को मदतले त्यस गोलले मान्यता पाएको थियो । यो जितपछि न्युकासलको २० अंक भएको छ र छैटौं स्थानमा रह्यो । आर्सनल भने २४ अंकमा तेस्रो स्थानमा रह्यो । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी २७ अंकमा शीर्ष स्थानमा छ । उसले अर्को खेलमा बर्नमाउथलाई सजिलै ६–१ ले हरायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)