टाइमको प्रभावशाली सूचीमा परे १५ वर्षीय भारतीय क्रिकेटर वैभव सूर्यवंशी
ratopati.com · Fri Oct 02 01:12:32 GMT 2026
अमेरिकी चर्चित पत्रिका ‘टाइम’ को प्रतिष्ठित ‘TIME100 Next 2026’ सूचीमा १५ वर्षीय भारतीय प्रतिभावान क्रिकेटर वैभव सूर्यवंशी समेटिएका छन्। तीव्र गतिका उदीयमान खेलाडीका रूपमा चिनिएका सूर्यवंशीलाई टाइमले आफ्नो भावी प्रभावशाली व्यक्तित्वहरूको सूचीमा समावेश गरेको हो।
भारतको बिहारमा जन्मिएका सूर्यवंशीले मात्र १२ वर्षको उमेरमा प्रथम श्रेणीको व्यावसायिक क्रिकेटमा पर्दापण गरेर सबैको ध्यानाकर्षण गराएका थिए। उनको यो लोभलाग्दो यात्रा सन् २०२४ को इन्डियन प्रिमियर लिग (IPL) लिलामीमा राजस्थान रोयल्सले भित्र्याएसँगै थप तीव्र बनेको थियो। उनी आईपीएल लिलामीमा बिक्री हुने इतिहासकै सबैभन्दा कान्छा खेलाडी बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)