रासायनिक मल उत्पादनको बजार सुनिश्चितताका लागि कार्यदल
annapurnapost.com · Fri Oct 02 01:07:18 GMT 2026

काठमाडौं : नेपालमा रासायनिक मल कारखानाको स्थापनापछि उत्पादन हुने मलको खरिद सुनिश्चितता गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले बिहीबार एउटा कार्यदल गठन गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको मन्त्रीस्तरीय निर्णयमा कार्यदललाई रासायनिक मल कारखाना स्थापना भएपछिको खरिद सुनिश्चितता, सम्भाव्यता तथा अन्य आवश्यक प्रबन्धका विषयमा विस्तृत अध्ययन गरी एक महिनाभित्र आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदलले नेपालमा रासायनिक मलको उत्पादन गरेपछि उत्पादित मलको बजारमा सुनिश्चितता, सरकारी स्तरबाट हुन सक्ने खरिदको सम्भावनाका साथै आवश्यक नीतिगत र संस्थागत व्यवस्थाका सन्दर्भमा गहन अध्ययन गर्ने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)