मिटरब्याजसम्बन्धी विधेयक रोक्न सत्तारूढ दलभित्रै दबाब
ekantipur.com · Fri Jul 14 00:16:29 GMT 2023
काठमाडौँ — मिटरब्याजपीडितलाई राहत दिन सरकारले ल्याएको विधेयक तुहाउन सत्तारूढ दलभित्रै दबाब बढेको छ । सत्ता गठबन्धनमा रहेको जसपाले यथास्थितिमा विधेयकको पक्षमा मत दिन नसक्ने अडान लिएपछि सरकार विधेयक अघि बढाउन हच्किएको छ ।
प्रमुख प्रतिपक्षी एमालेले पनि मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक अघि बढाउन कानुनी प्रश्न उठाएको छ । अध्यादेशसँगै प्रतिस्थापन विधेयक पनि निष्क्रिय भएको एमालेको ठहर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)