मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालनबारे छलफल
nepalnews.com · Sat Aug 01 07:21:02 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन गर्ने विषयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग छलफल गरेको बताएकी छन्।
सांसद रानामगरका अनुसार मन्त्रीद्वयसँग हालै मेची प्रादेशिक अस्पतालमा नर्सिङ कलेज सञ्चालन, अस्पतालको पुरानो भवन मर्मत तथा स्तरोन्नति, दाह उपचार (बर्न) विभाग स्थापना, सेवा प्रवाहलाई थप प्रभावकारी र गुणस्तरीय बनाउने तथा आवश्यक स्वास्थ्य पूर्वाधार विस्तारबारे विचारविमर्श भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)