लागुऔषध खरिद बिक्री गर्न खोज्ने तीन जना दमकबाट पक्राउ
ratopati.com · Sat Aug 01 07:19:50 GMT 2026

झापा । झापाको दमकबाट खैरो हेरोइन र ठुलो परिमाणको प्रतिबन्धित क्याप्सुलसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो झापाको दमक नगरपालिका वडा नम्बर ५ स्थित आकासे पुल नजिक पूर्वाञ्चल चौक अगाडिको सार्वजनिक सडक खण्डबाट उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा बस्ने ३४ वर्षका बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ बस्ने २३ वर्षका रोमी लिम्बु र झापाको दमक नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षका करण मल्लिक रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)