मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूईएफए नेसन्स लिगमा पोर्चुगल विजयी

kendrabindu.com · Fri Oct 02 01:43:39 GMT 2026

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिलाई बिर्सदै पोर्चुगलले यूईएफए नेसन्स लिगको बिहीबार भएको खेलमा डेनमार्कलाई ४–२ ले पराजित गरेको छ । यस्तै प्रशिक्षक योगर्न क्लोपलाई पहिलो जित दिलाउन जर्मनीले सर्बियालाई २–० ले हरायो ।

कोपनहेगमा भएको खेल अगाडि रोनाल्डोले पोर्चुगाली टिम छाडेका थिए र यसैले खेललाई ओझेलमा पार्न सक्ने डर थियो । तर पोर्चुगल शानदार जित निकाल्न सफल रह्यो । रोनाल्डोकै स्थानमा मौका पाएका गोन्सालो रामोसले एक गोल गर्दै अर्को गोलमा अवसर सिर्जना गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)