मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

केयूमा १५ प्रतिशतले बढे विद्यार्थी

ekantipur.com · Mon Jan 29 00:43:03 GMT 2024

काठमाडौँ — उच्च शिक्षाको गुणस्तरमा प्रश्न उठाउँदै विद्यार्थी बिदेसिने प्रवृत्ति बढिरहेका बेला काठमाडौं विश्वविद्यालय (केयू) मा भने विद्यार्थी भर्ना दर बढेको छ । गत शैक्षिक सत्रको तुलनामा केयूमा १५ प्रतिशतले विद्यार्थी संख्या बढेको हो । शैक्षिक सत्र २०२२/०२३ मा यहाँका ७ वटा संकायमा गरी सिट संख्याको ७२ प्रतिशत विद्यार्थी भर्ना भएका थिए । जुन अघिल्लो शैक्षिक सत्रभन्दा दुई प्रतिशतले बढी हो । अधिकांश विश्वविद्यालय र क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएका बेला केयूमा भर्ना हुने विद्यार्थीको संख्या भने बढेको हो ।

केयूमा विज्ञान, शिक्षा, मानविकी, इन्जिनियरिङ, चिकित्सा, कानुन र व्यवस्थापन संकायमा शैक्षिक कार्यक्रम सञ्चालन छ । चालु शैक्षिक सत्रमा सबै संकायमा गरी सिट संख्याको ८७ प्रतिशत विद्यार्थी भर्ना भएको केयूका उपकुलपति भोला थापाले बताए । त्यसो त यो अवधिमा काठमाडौं विश्वविद्यालयले विद्यार्थी भर्नाको सिट संख्या पनि ५ हजार ४ सयबाट वृद्धि गरेर ६ हजार १ सय पुर्‍याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)