युक्रेनी शरणार्थीको बेलायतमा चित्रकला प्रदर्शनी
baahrakhari.com · Sun Jan 22 17:18:00 GMT 2023
लन्डन । आफ्नो मातृभुमिसँग जोडिएको स्मरण र भावनाबाट प्रेरित भएर युक्रेनकी एक शरणार्थी महिलाले लन्डनमा कला प्रदर्शनी थालेकी छन् । नतालिया गेरासिम्चुकले विल्टशायरको माल्मेसबुरीस्थित जोह्न बोवेन ग्यालरीमा आफूले तयार पारेका चित्रकलाहरूको प्रदर्शनी गरिरहेकी छन् ।
उनी भन्छिन्, “मैले युद्ध र अझै युक्रेनमै रहेका आफ्ना परिवारप्रतिको आफ्नो भावना अभिव्यक्त गर्न कलालाई माध्यमका रूपमा प्रयोग गरेकी हुँ । मैले मेरो कला बाँड्न लागेकाले म निकै उत्साहित छु । मैले आफूभित्र महसुस गरेका कुरा मानिसहरूसँग बाँड्नु महत्त्वपूर्ण छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)